Posts

पहिरोले ट्रक र कार पुरियो, ३ को मृत्यु [अपडेट]

Image
आश्विन ७, २०७४-सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडक खण्डमा शनिबार बिहान खसेको पहिरोले ट्रक र कार पुर्दा दुई जनाको मृत्यु भएको छ । राति १ बजे खसेको पहिरो हटाएर एकतर्फी सडक सुचारु भएको केहीबेरमै पुन: खसेको पहिरोले दुई सवारीसाधन पुरिनुका साथै दुई जनाको ज्यान गएको हो । पुरिएर २ जनाको मृत्यु भए पनि उनीहरुको सनाखत हुन नसकेको ट्राफिक प्रहरी प्रमुख प्रविण आचार्यले बताए । ठूलो ढुंगा सहितको पहिरोले लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पुरेको पुरेको हो । पहिरोले पुरेको ट्रक र कार ध्वस्त भएको छ । पहिरोमा केही व्यक्ति पुरिएको अनुमान प्रहरीले गरेको छ । तर, पछिल्लो विवरण अनुसार अहिलेसम्म केही पनि खुलेको छैन । सडकमा पहिरो खसेपछि बाटोमा सवारीको लाम लागेको छ । पहिरो ठूलो भएकाले उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ ।

हङकङ पुगेर पारसले भने- 'जित बाहेक विकल्प छैन'

Image
आश्विन २५, २०७४-विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङविरुद्ध हुने खेलमा नेपालसँग जित बाहेक अर्को विकल्प नरहेको कप्तान पारस खड्काले बताएका छन् । ५० ओभरको दुई खेल खेल्न नेपाली टोली बुधबार बिहान हङकङ आइपुगेसँगै कप्तान पारसले यस्तो बताएका हुन् । हङकङ स्थित मिसन रोडको मोङ कङमा रहेको टिन क्वोङ रोड रिक्रिएसन मैदानमा हङकङ र नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शुक्रबार र आइतबार खेल्दै छन् । ‘च्याम्पियनसिपमा हामी यस्तो स्थितिमा आइपुगेको छ, जहाँ हामीलाई जित बाहेक अर्को विकल्प छैन,’ हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा पारसले कान्तिपुरसँग भने, ‘अनुभवको हिसाबले हामी हङकङमा नयाँ जस्तै छौं । पछिल्लो पटक यहा आएर खेलेका खेलाडीमा म र शरद (भेषावकर) मात्र छौं । तर हामीसँग अनुभवी खेलाडी छन् ।’ १२ वर्षपछि नेपाली राष्ट्रिय टोलीले हङकङमा आएर आधिकारिक खेल्न लागेको हो । २००५ मा परेश लोहनीको कप्तानीमा नेपालले एसीसी फास्ट ट्रयाक कन्ट्रिज तीनदिवसीय खेल्न हङकङ आएको थियो । सो टोलीका अहिले पारस र शरदमात्र बाँकी छन् । हङकङ भ्रमणका अर्का अनुभवी खेलाडी शक्ति गौचन अस्वस्थताका कारण यस पटक नेपाली टोलीमा छैनन् । ...

राष्ट्रिय पुस्तकालय बेहाल

Image
आश्विन २६, २०७४-राष्ट्रिय पुस्तकालयका तीन सय वर्ष पुराना पुस्तक अढाइ वर्षदेखि बोरामै छन् । डेढ लाख पुस्तकमध्ये आधा जतिमात्र र्‍याकमा राखिएका छन् । २०७२ वैशाख १२ को भूकम्पपछि राष्ट्रिय पुस्तकालयले सेवा दिन सकेको छैन । भूकम्पले हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालयको भवन जीर्ण भएपछि डेढ लाख पुस्तकहरू बोरामा कोचेर राखिएका थिए । भूकम्पबाट पुस्तक जोगिए । ती पुस्तक काठमाडौंको ज्ञानेश्वरस्थित महेन्द्र भवन माविको दुईतले भवनमा सारिएको छ । मुनिको तलामा फर्निचर र केही पत्रपत्रिका तथा माथिल्लो तलामा ऐतिहासिक पुस्तकहरू छन् । दुई वर्षदेखि एउटै कोठामा बेहाल अवस्थामा राखिएका पुस्तकमा ढुसी लागेको छ । अधिकांश पुस्तक प्लास्टिकका बोरामा पोको पारेर चाङमाथि चाङ राखिएका छन् । भित्तातिरका पुस्तकमा धमिरा लागेको छ । बीच भागका २५ वटा स्टिल र्‍याकमा अटेसम्म किताब छन् । ‘यसरी थन्क्याएको २८ महिना भयो,’ कान्तिपुरको अनुरोधमा गोदामघर खोल्न पुगेका पुस्तकालय प्रमुख उपेन्द्रप्रसाद मैनालीले भने, ‘पुस्तकलाई बोराबाट निकालेर र्‍याकमा राख्ने काम जारी छ । पुस्तक जोगाउन कपुर र बेगन राखेका छौं ।’ पुस्तकको नियमित रेखदेख गर्ने कर्मच...

जो सँगै जन्मिए...

Image
कार्तिक २३, २०७४-यी हुन् प्रणय हर्ष, प्रशन्न हर्ष, प्रतीक हर्ष र प्रशंसा । काठमाडौं म्हेपीका यी बालबालिका दाजु–भाइ र बहिनी हुन् । चारैजना अहिले कक्षा ७ मा पढ्छन् । सँगै स्कुल जान्छन्, सँगै फर्कन्छन् । स्कुलमा पनि एउटै सेक्सनमा बस्छन् । आश्चर्य नमाने हुन्छ– हरेक साल जन्मदिनसमेत एकसाथ मनाउँछन् । किनभने यी चम्ल्याहा हुन् । आमा प्रमिला बज्रचार्यले २०६२ वैशाख २८ मा एकैपटक उनीहरूलाई जन्माएकी हुन् । उनीहरूले एलकेजीसम्म दरबारमार्गको मोर्डन नेवा: स्कुलमा पढे । अहिले राजधानीस्थित रोजबड स्कुलमा पढ्छन्। आमा प्रमिला र बुबा प्रमोद हर्षले बोल्ने मातृभाषा नेवारी बुझ्छन् तर फर्काउन जान्दैनन् । ‘घरमा बाबामामु नेवारीमै कुरा गर्नुहुन्छ । उहाँले बोल्नुभएको हामी बुझ्छौं तर फर्काउन आउँदैन,’ चम्ल्याहामध्येकी कान्छी प्रशंसाले भनिन् । यी चारमध्ये प्रशंसा कहिलेकाहीं बिरामी पनि भइरहन्छिन् । एउटा बिरामी भएपछि अरूलाई पनि सामान्य असर पर्ने नै भयो । प्रशन्न पढाइमा औसत खालका छन् । अरू तीन जना फरक–फरक विषयमा निपुण छन् । प्रणय अंग्रेजी, नेपाली र विज्ञानमा जान्ने छन् । प्रतीक गणितमा र प्रशंसा अंग्रेजी, नेपाली र कम्प्...

बाँदरमुढे घटनाका दोषीले कारबाही भोग्नुपर्छ : दाहाल

Image
कार्तिक १८, २०७४-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाँदरमुढे घटनामा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगले दोषी ठहर गरे जोकोही पनि कारबाहीको भागीदार हुने बताएका छन् । दिवाकर–तीर्थकुमारी भूसाल स्मृति खुला भलिबल प्रतियोगिताको शनिबार माडीमा उद्घाटनको क्रममा दाहालले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको समयको सबैभन्दा ठूलो गल्ती भएको बताउँदै दाषीले कारबाही भोग्नुपर्ने बताएका हुन् । उनले ऐन संशोधन प्रक्रियाका कारण दुई आयोगको काम रोकिएको उल्लेख गर्दै उनले अब छिट्टै काम अगाडि बढाइने बताए । उनले घटनाका दोषीलाई कारबाही गर्न त्यतिबेलै आफूले निर्देशन गरेर कारबाही गरिएको बताए । बाँदरमुढे घटनाबाट माओवादी निकै आलोचित बनेको थियो । माडीसहितको क्षेत्र समेटिएको चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्तापछि माडी पुगेका अध्यक्ष दाहालले अब बन्ने सरकारले बाँदरमुढे पीडितलाई सम्बोधन गर्ने आश्वासन दिए । घटनापछि दोस्रो पटक उनी माडी पुगेका हुन् । यसअघि २०६९ साल फागुन १७ गते माडी महोत्सव उद्घाटन गर्न उनी त्यहाँ पुगेका थिए । त्यतिबेला पीडितका लागि ६० लाख...

मुढा बेचेर मनग्य आम्दानी

Image
कार्तिक ७, २०७४-३७ बर्षिय युवा वुद्धिमान राईले बाासबाट बुनेको मुडा बेचेर मनग्य आम्दानी लिन थालेका छन् । उनले बार्षिक एक लाख बराबरको मुडा बिक्रि गर्छन् । न्युनस्तरको पारिवारिक पृष्ठभुमीका ५ जनाको परिवारलाई जिविका चलाउन र छोराछोरीलाई पढाइखर्च धान्न सहज बनेको छ । आर्थिक अवस्था कमजोर भएका कारण १२ बर्षसम्म भारतको कोइखातमा कोइला खन्ने मजदुरी गरेका थिए । अढाईबर्ष साउदीमा काम गरेर फर्किए । उनले मुडा बुन्न थालेको ३ बर्ष बितेको छ । माग अत्यधिक हुन्छ । महिनामा १५ देखी २० वटा मुडा बनाउछन् । प्रतिगोटा ४ सयका दरले बेच्छन् । मुडा बनाउन चाहिने बाास, डोरी र टायर आफैले किन्छन् । डोरी इटहरी, विराटनगर, भारतको कोइलाखातबाट खरिद गर्छन । सधैजसो वैदेशिक रोजगारी तथा मजदुरी गर्ने बानी परेका उनले मुडा बुन्ने कामलाई अचानक पेशाका रुपमा अगालेका हुन् । विदेशबाट फर्किएर गाउामा रुख ढाल्ने क्रममा छिनिनेगरी दाहिने खुट्टामा चोट लागेको थियो । अत्यधिक रक्तस्राब भएर मृत्युको दोसाधमा पुगेका उनी उपचारका लागि धरान झरेका थिए । उपचारत हुदा धरान बस्दै आएको साथीले बुनेको हेरेर सिकेका थिए। उपचार सकिएर गाउा फर्केपछि मुडा बुन्ने काम...

साउदीमा अलपत्र कामदारका आफन्त आक्रोशित

Image
कार्तिक २४, २०७४-वैदेशिक रोजगार विभागले साउदी अरबमा अलपत्र चारजना कामदारलाई उद्धार गरी स्वदेश ल्याउन वैदेशिक रोजगार विभागको भूमिका प्रभावकारी नभएको भन्दै पीडितका आफन्त आक्रोशित भएका छन् । पीडितका परिवारले विभागका महानिर्देशक विश्वराज पाण्डेको कार्यकक्ष घेराउ गर्नुको साथै पाण्डेसँग आक्रोश व्यक्त गरे । पीडितका परिवार चार महिनादेखि विभागमा धाइरहेका छन् । ‘हामी चार महिनादेखि दिनहुँ विभागमा धाउँदा सधै हुन्छ मात्रै भनियो,’ पीडितका आफन्त चेतबहादुर थापाले भने, ‘हामी निकै मानसिक तनावबाट गुज्रियौं । अब तत्काल हाम्रो मान्छे चाहियो ।’ उनीहरुले विभागबाट आफूहरु थप पीडित हुनुपरेको वताए । ‘हाम्रा मान्छेको अवस्था बुझ्न क्याम्पमा अहिलेसम्म दूतावास र म्यानपावरबाट कुनै प्रतिनिधि पुगेको छैन,’ उनले भने, ‘कम्पनीले पैसा नबुझाएसम्म नेपाल नपठाउने भनेर बसिरहेको छ । हाम्रा मान्छे भने नेपालीको जुठो भात खाएर बाँचिरहेका छन् ।’ उनीहरुलाई ललितपुर चाकुपाटस्थित एस इम्प्लोइमेन्ट व्युरो म्यानपावरले गत वैशाखमा साउदीको राजधानी रियादस्थित अब्दुल्लाह साउद विन मने इस्ट कन्ट्रक्सन तथा ट्रान्सपोटेसन कम्पनीमा चालक काममा पठा...