बी बोइङ ब्याटल
कार्तिक २४, २०७४-पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको मैदानमा शनिबार म्युजिक बज्न थालेपछि एक हूल युवा उफ्रिँदै स्टेजमा आइपुगे । चार–चार जनाको समूहमा रहेका उनीहरू नाच्दै एक अर्कालाई जिस्क्याइरहेका थिए । उनीहरू अन्तर्राष्ट्रिय बी बोइङ च्याम्पियनसिपमा ‘ब्याटल’ गरिरहेका थिए ।
बी ब्वाइज र बी गल्र्सले हिपहप, फन्क र ब्रेकबिटमा टप–रक, डाउन–रक, पावर मुभ्स र फ्रिजेज मुभमेन्टलाई आकर्षक रूपमा प्रस्तुत गरेका थिए । एक हात टेकेर घुम्ने, समरसल्ट गर्ने, टाउकाले टेकेर फनफनी घुम्ने गर्दा पोखरेली दर्शकले उनीहरूलाई खुबै रुचाएका थिए । पाँचौं इटर्नल साइकिक्स एनिभर्सरी ज्याममा फोर अन फोर, वान अन वान र अल स्टाइल गरी ३ विधामा १ सय २० युवाहरूले प्रतिस्पर्धा गरेका थिए ।
काठमाडौं, बुटवल, भैरहवा र पोखराका बी बोइङ समूहसँगै हङकङ, भारत, जर्मनी र सिंगापुरका बी ब्वाइजले च्याम्पियनसिपमा ब्याटल गरेका थिए । फोर अन फोरमा बुटवलको बिडब्लु ब्वाइज क्रु, वान अन वानमा काठमाडौंको एभरेस्ट क्रुका बी व्वाई क्विक (सुमन विक) र अल–स्टाइलमा बिडब्लु ब्वाइज क्रुकै सुरज थापा प्रथम भए ।
बिडब्लु ब्वाइजका लिडर रोहन थापाले भने, ‘कसैले पढाइ, कसैले जागिरबाट समय मिलाएर अभ्यास गरेका थियौं । त्यो मिहिनेत खेर गएन । आनन्द लागेको छ ।’ आयोजक इटर्नल साइकिक्सका लिडर सचिन गुरुङका अनुसार पोखरामा बी बोइङ सात वर्षअघि सुरु भएको हो । युवाहरू भेला भएर इटर्नल साइकिक्स बनाएसँगै सन् २०१२ देखि निरन्तर च्याम्पियनसिप सञ्चालन हुँदै आएको छ ।

Comments
Post a Comment